झापा, माघ १४ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बिर्तामोडमा दुईजना युवा पक्राउ परेका छन् ।

गएराति ८.३० बजे बिर्तामोड वडा न. २ त्रिशुल चोकस्थित इन्द्र राजवंशीको घरमा डेरा लिई बस्ने बाह्रदशी वडा न.६घर भएका २५ वर्षीय दिपक कार्की र ३५ वर्षीय मनकुमार राजवंशी पक्राउ परेका हुन् । कार्कीको कोठाभित्र लागूऔषधको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा लागूऔषध ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा उक्त कोठाभित्र बसिरहेका राजवंशीको साथमा प्लास्टिकबाहेक १ग्राम ७००मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
दुई थान मोबाइल र मे.१ह.५५६२ न.को अटोसहित कार्की र राजवंशीलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



