झापा, माघ १४ । बाराको परवानीपुर गाउँपालिका १ रहरीया डिहमा आज बिहानै आमा छोराको हत्या भएको छ भने बुबा,छोरी र बुहारी घाइते भएका छन् ।

४६ वर्षीया सुमित्रादेवी महतो मण्डल र २७ वर्षीय रामेश्वर महतो मण्डलको धारिलो हतियार प्रहार गरी हत्या भएको हो । सुमित्राका श्रीमान् जगरूप महतो मण्डल, उनकी छोरी २० वर्षीया रीना कुमारी गम्भीर र बुहारी मनिता सामान्य घाइते भएका छन् । उनीहरूको परवानीपुरको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थल वरिपरि बाक्लो प्रहरी परिचालन गरिएको छ । हत्या कसले र किन गरेको हो भन्ने कारण खुलेको छैन । तालिम प्राप्त कुकुरको माध्यमले खोजतलास र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्