झापा, माघ १४ । मोटरसाइकल दुर्घटनामा घाइते झापा बिर्तामोड ७ गरामनीकी कल्पना भण्डारीको मृत्यु भएको छ ।

तीन दिनअघि माघ ११ गते दिउँसो १ः३० बजे मेचीनगर ७ नमुना टोलस्थित भित्री सडकखण्डमा काँकरभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको माटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको प्र.१–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा ६३९४ न.को मोटरसाइकल चालक बिर्तामोड ७ बस्ने ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका थिए भने पछाडि सवार उनकी श्रीमती ५४ वर्षीया कल्पना भण्डारी गंभीर घाइते भएकी थिइन् । टाउको र शरीरमा चोट लागेकी कल्पनालाई बीएण्डसी अस्पताल लगिएको थियो । आज बिहान १०ः१५ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो ।

मृतकको शव सोही अस्पतालमा रहेको छ । ४२६५ नं.को मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नं. ६ बस्ने ४३ वर्षीय युवराज मुखियालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्