झापा, माघ १६ । झापामा करेन्ट लागेर दुईजना कमदार घाइते भएका छन् ।

गएराति ९.३० बजे बिर्तामोड– ८देउनियास्थित जगदम्बा प्लाई फ्याक्ट्रीमा काम गर्ने सोही ठाउँका ३१ वर्षीय राजकुमार रायलाई करेन्ट लागेको हो । घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।
त्यस्तै हिजो दिउँसो २ बजे मेचीनगर– १५निलकोटीमा आदित्य पराजुलीले संचालन गरेको पराजुली बायोमास फ्याक्ट्रीमा काम गर्ने कामदार भद्रपुर ६बस्ने ४० वर्षीय गोविन्द राजवंशी करेन्ट लागेर घाइते भएका छन् ।वाइल्डिङको तार जोड्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । घाइतेको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



