झापा, माघ १६ । केही दिनदेखि झापा क्षेत्र नं ५ मा घरदैलो कार्यक्रममा रहेकी रास्वपा वरिष्ठ नेता बालेन शाहकी श्रीमती सविना काफ्‌ले आज बिर्तामोड आइपुगेकी छन् ।

चुनाव प्रचार प्रसारका क्रममा उनी झापा क्षेत्र नं २ को बिर्तामोड आइपुगेकी हुन् । बिर्तामोड १ स्थित रास्वपाको जिल्ला कार्यालयमा रास्वपा क्षेत्र नं २अन्तर्गत महिला प्रचार प्रसार समितिद्वारा आयोजित बृहत महिला अन्तरक्रिया कार्यक्रममा उनी सहभागी भएकी छन् ।

कार्यक्रममा रास्वपा क्षेत्र नम्बर २ की उम्मेदवार इन्दिरा राना, निर्वाचन महिला प्रचार प्रसार समिति क्षेत्र नं २ संयोजक चन्द्रा कार्की, रास्वपा केन्द्रीय सदस्य रमेश प्रसाईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्