झापा, माघ १६ । जनश्रुती महिला बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ५ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट सयभन्दा बढी विरामी लाभान्वित भएका छन् ।

महेन्द्र रत्न माध्यमिक विद्यालय बिर्ताबजारमा आयोजित शिविरमा ११० जना विरामीले स्वास्थ्य चेकजाँच गराएका हुन् । संजिवनी अस्पतालका फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. सीपी यादवले विरामीहरुको स्वास्थ्य जाँच गरेका थिए ।
स्वास्थ्य जाँचसंगै ५४ जनाको निःशुल्क इसीजीसमेत गरिएको संस्थाका अध्यक्ष तुलकुमारी राजवंशीले बताइन् । उनले करिव ३० हजार मूल्य बराबरको औषधिसमेत निःशुल्क वितरण गरिएको जानकारी दिइन् । सामाजिक उत्तरदायित्वअन्तर्गत जनश्रुती महिला साकोसले यस किसिमका सामाजिक कार्यहरु निरन्तर गर्दै आएको छ ।





