झापा, माघ १८ । झापामा लागूऔषधसहित एकैदिन चारजना पक्राउ परेका छन् ।

हिजो बिहान ११ः३० बजे अर्जुनधारा ११ बसपार्कस्थित कृष्ण भट्टराईको घरमा डेरा गरी बस्ने अनिश राईको कोठामा लागूऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी टोली खटिएर चेकजाँच गर्दा पाँचथर याङबरक ६ बस्ने वर्ष २५ का अनिश राई र धरान १७ बस्ने वर्ष १९ की लिला तामाङ बसेको कोठाबाट प्लाष्टिकबाहेक ३ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर र प्रतिबन्धित औषधी नाइट्रोसन ९ वटा ट्याब्लेट बरामद भएको थियो ।

त्यस्तै हिजो दिउँसो ४बजे बिर्तामोड वडा नं. ४कालिकानगर बस्ने ४६ वर्षीय फणिन्द्र विश्वकर्माको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर चेकजाँच गर्दा प्लाष्टिकबाहेक १ग्राम १२०मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । लागूऔषधसहित विश्वकर्मालाई नियन्त्रणमा लिइएको छ ।

त्यस्तै हिजो साँझ ५बजे लागूऔषध नियन्त्रण व्यूरो कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची पुलमा भारतको पानीट्याङ्कीबाट सिटीसफारीमा नेपालतर्फ आउँदै गरेका कमल गाउँपालिका वडा नं. ३केर्खा बस्ने ३७ वर्षीय राजु ढकाललाई प्लाष्टिकबाहेक ८ ग्राम २३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । उनले अण्डरवेयरभित्र सो लागूऔषध लुकाएर ल्याएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्