झापा, माघ १७ ।बिर्तामोड ५ स्थित गायत्री मन्दिर पश्चिमपट्टी विगत तीन दिनदेखि लगातार टेलिकमको तार चोरी भएको छ ।

अग्रसेन भवनको दक्षिणतर्फको पर्खालमा चढेर बिजुलीको पोलमा टांगिएको टेलिकमको तार पछिल्लो तीन दिनदेखि काटेर चोरी भएको हो ।स्थानीय देवीप्रसाद कार्की र रमेश अधिकारीका अनुसार मध्यरातमा तार काटेर चोरी भएको र बिहानीपख आफूहरुलाई थाहा भएको हो ।
लगातार तेस्रो दिन पनि तार काटिएको भेटेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठलाई जानकारी गराइएको स्थानीय वीरु दर्नालले बताए । डीएसपी श्रेष्ठले त्यसबारे अनुसन्धान गरिने र उक्त क्षेत्रमा रात्रीकालिन प्रहरी गस्ती परिचालन गरिने बताए ।बिर्तामोड ५ को उक्त स्थान र बिर्तामोड १ स्थित शान्ति टोलमा पनि यस्तै घटना भएको बताइएको छ ।
पछिल्लो समय बिर्तामोडका घरहरुमा पनि चोरीका घटनामा वृद्धि भएको छ ।



