झापा, माघ १७ । बिर्तामोडमा भएको स्कुटी दुर्घटनामा चालकको मृत्यु भएको छ ।

आज राति ८;२५ बजे बिर्तामोड वडा न.७ खोपवारीस्थित भित्री पक्की सडकखण्डमा प्याकुरेल चौकबाट बुट्टावारीतर्फ जाँदै गरेको प्र.१–०१–०१३ प.९१९९ न.को स्कुटी आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको हो । दुर्घटनामा स्कुटी चालक बिर्तामोड वडा न.७ बस्ने ३५ वर्षीय सुभाष मादेन गंभीर घाइते भएका थिए ।

टाउकोमा चोट लागेका घाइते मादेनलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालको लाश घरमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्