झापा, माघ १८ । झापाको चारआलीमा एकजना मानिस मृत फेला परेका छन् ।

गएराति मेचीनगर १३ चारआली बस्ने जीवन कार्कीको घरको वरन्डामा पाँचथर फिदिम ४ घर भई विगत ९–१० बर्षदेखि चारआली क्षेत्रमा मागी खाइहिड्ने ३८ वर्षीय तपस नेपाली मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक नकुलराज गौतमको कमाण्डमा टोली खटिएर कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । मृतकका आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ ।



