झापा, माघ १८ । झापामा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।

हिजो दिउँसो १ बजे भद्रपुर –४ डाँगीवारीमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर– ४करेला चोक बस्ने ४८ वर्षीय भवानी लिम्बूलाई नियन्त्रणमा लिएको हो ।
शंका लागेर चेकजाँच गर्ने क्रममा साइकल चालक लिम्बूले मलद्वाराभित्र प्लाष्टिकको पोका पारी प्लाष्टिकबाहेक ४ग्राम ८१० मिलिग्राम ब्राउनसुगर लुकाएका थिए ।
त्यस्तै हिजो दिउँसो ४बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मेचीनगर– ६साठीबिघामा भारतको पानीट्यांकी हाँडीगाउँबाट मेची खोलाको बाटो हुँदै आउँदै गरेका बुद्धशान्ती वडा नं. ३ राधा टोल बस्ने २६वर्षीय कविन्द्र बस्नेत र सोही ठाउँ बस्ने २५ वर्षीय श्याम धिमाललाई पक्राउ गरेको हो ।
खानतलासी लिने क्रममा बस्नेतले लगाएको जिन्स पाइन्टको गोजीमा प्लाष्टिकबाहेक ६ ग्राम ६५० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।



