झापा, माघ १८ । नाफारहित सामाजिक कार्य गर्ने उद्धेश्यले झापाको बिर्तामोड ८ देउनियामा ‘प्रगतिशिल समाज’ नामक संस्था स्थापना भएको छ ।

समाजलाई सकारात्मक सोचले अघि बढाउने उद्धेश्यका साथ स्थानीय स्वायत्त ऐनअन्तर्गत बिर्तामोड नगरपालिकामा बिधिबत दर्तापश्चात् आज प्रगतिशिल समाज नाम संस्था उद्घाटन गरिएको हो । प्रमुख अतिथि वडा नं ८ का वयोवृद्धा ९३ बर्षीया जेष्ठ सदस्य सत्यादेबी कर्ण कायस्थबाट संस्था उद्घाटन गरिएको हो ।

त्यस्तै अतिथिहरुमा पूर्व गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष एवं सामाजिक ब्यक्तित्व हरिप्रसाद गौतम, समाजसेवी डम्बरप्रसाद तिम्सिना, बिर्तामोड नगरपालिकाका वरिष्ठ अधिकृत जय तिम्सिना,जेष्ठ सदस्य देवदत्त दाहाल , सामाजिक ब्यक्तित्व बिजय तिम्सिनालगायतले सस्थाको उतरोत्तर प्रगतिको कामना गर्दै आफूहरुको पूर्ण साथ ,सहयोग र समर्थन रहने प्रतिवद्धता जनाएका थिए । उद्घाटनकै दिन १२ जनाभन्दा बढीले आजीबन सदस्यता लिएका छन् भने सयौंले सदस्यता लिने अभिरुचि देखाएको संस्थाका सचिव अनिल गौतमले बताए ।

रनकेशर चालिसे( बबी) अध्यक्ष रहेको सो संस्थाको उपाध्यक्षमा योगेन्द्र पोखरेल ,सचिव अनिल गौतम , कोषाध्यक्ष कुसुम घिमिरे तथा सदस्यहरुमा मनोज दाहाल, लुना भट्टराई र भरत अधिकारी रहेका छन् ।

सयभन्दा बढीको सहभागिता रहेको उद्घाटन कार्यक्रमको संचालन सचिव अनिल गौतमले गरेका थिए । समाजमा रहेका विभिन्न खाले विकृति विसंगति हटाउँदै रचनात्मक कार्यहरु गर्ने उद्धेश्य राखेर सो सामाजिक संस्था स्थापना गरिएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्