झापा, माघ १८ । झापाको बाह्रदशीमा भएको सवारी दुर्घटनामा एकै परिवारका तीनजना घाइते भएका छन् ।

आज दिउँसो २ बजे बाह्रदशी २ स्थित हुलाकी राजमार्गमा रामचोकबाट राजगढ बजार दक्षिणतर्फ जाँदै गरेको मे १ च ३७६६ नं.को सामान बोक्ने छोटा हात्तीलाई सोही दिशातर्फ जाँदै गरेको बीआर ३७ जे ४२८६ नं.को मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी ४ बस्ने ४५ वर्षीय मेघराज राजवंशी , पछाडी सवार उनकी श्रीमती ४० वर्षीया नयनसरी राजवंशी र छोरी ७ वर्षीया भावना राजवंशी घाइते भएका हुन् । तीनै जना घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

दुबै सवारी साधन र छोटा हात्ती चालक हल्दीबारी २ बस्ने ३८ वर्षीय रुद्रबहादुर वनलाई इलाका प्रहरी कार्यालय राजगढले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्