झापा, माघ १८ । झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका २ निवासी ६४ वर्षीय कुलप्रसाद खरेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज साँझ ६ः२० बजे मेची राजमार्गअन्तर्गत भद्रपुर– बनियानी सडकखण्डको भद्रपुर–२ स्थित सगरमाथा चोकमा बनियानीबाट भद्रपुरतर्फ आइरहेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदलयात्री खरेललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी घाइते भएका खरेललाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए । त्यस्तै दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–६ निवासी २१ वर्षीय अनुराग घोषको अनुहारमा चोट लागेकोले गम्भीर अवस्थामा प्रादेशिक अस्पताल भद्रपुरमा पुर्याएको र त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर रेफर गरिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार भद्रपुर–६ निवासी २१ वर्षीय मन्दिप दंगालको अवस्था सामान्य रहेको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।



