झापा, माघ १९ । झापा गाउँपालिका वडा न.२ सडकबारी स्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्रीको मृत्यु भएको छ ।

पुष १६ गते दिउँसो ४;३५ बजे झापा गाउँपालिका वडा न.२ सडकबारीस्थित हुलाकी सडकखण्डमा गौरीगंजबाट झापा बजारतर्फ आउँदै गरेको प्र १–०२–०५४ प ९३९३ नं.को मोटरसाइकलले विपरित दिशाबाट जाँदै गरेको साइकलयात्री झापा गाउँपालिका वडा नं.२ सडकबारी बस्ने ७१ वर्षीय गणेशकुमार भण्डारीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा साइकलयात्री भण्डारी , मोटसाइकल चालक बिराटनगर १४ बस्ने २८ वर्षीय हेमन्तकुमार साह र पछाडी सवार २६ वर्षीय धिरजकुमार साह घाइते भएका थिए ।तीनै जनालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो ।साइकलयात्री गणेशकुमार भण्डारीको उपचारको क्रममा आज विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्