झापा, माघ १९ । गौरादहमा बेहुली लिएर फर्किदै गरेको जन्तीको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

आज साँझ ७ः२० बजे गौरादह ४ रामचन्द्रे खोलाको पुलस्थित भित्री पक्की सडकखण्डमा गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्र.न.१–०१–००१ त.९७२० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई पुलबाट खोलामा झरेको हो । दुर्घटनामा मोरङ रतुवामाई ८ बस्ने बर्ष ३८ की स्वस्तिका मर्डीको मृत्यु भएको हो । उनको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको हो । मृतकको लाश सोही अस्पतालमा रहेको छ ।

दुर्घटनामा घाइते हुनेहरु यसप्रकार छन् ।
१) मोरङ रतुवामाई –८ बस्ने बर्ष ५० की मुनीमती सतार– टाउकोमा चिउडोमा चोट बोल्न सक्ने मध्यम निम्स अस्पतालमा उपचार हुँदै ।
३)ऐ.ऐ.–५ बस्ने बर्ष १५ की सन्तोषी किस्कु– बायाँ घुँडामा चोट अवस्था सामान्य–
४)ऐ.ऐ. –५ बस्ने बर्ष ६० को एतोबार मुर्मु– बाहिरी चोट नदेखिएको भित्री शरीर दुखेको–
५)ऐ.ऐ. –८ बस्ने बर्ष २३ की बिनिता मर्डी– हात खुट्टामा सामान्य चोट–
६)ऐ.ऐ.–५ बस्ने बर्ष २० की सरिता मर्डी– हात खुट्टामा सामान्य चोट
७)निजकै छोरा बर्ष ३ का गंगाराम मर्डी– बाहिरी चोट नदेखिएको भित्री शरीर दुखेको अवस्था सामान्य
८)ऐ.ऐ.–५ बस्ने पुजा मर्डीकी छोरी बर्ष ८ की मेलिना मर्डी– हात खुट्टामा सामान्य चोट
९)जिल्ला मोरङ सुनबर्षी नपा–२ बस्ने बर्ष ३० की शिला मर्डी– हात खुट्टामा सामान्य चोट

ट्रयाक्टर चालक मोरङ रतुवामाई ५ बस्ने बर्ष २५ का चमलाल मुर्मुलाई नियन्त्रणमा लिई प्रहरी चौकी महारानीझोडामा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्