झापा, माघ २० । भद्रपुर विमानस्थलमा ठूलो परिमाणमा लागूऔषधसहित एक युवती पक्राउ परेकी छन् ।

हिजो साँझ ५ः३५बजे यति एयरलाइन्सको फ्लाईट नं. ९२६ बाट भद्रपुरबाट काठमाण्डौ जान लागेकी एक युवती ब्राउनसुगरसहित पक्राउ परेकी हुन् ।
बिमानस्थल सुरक्षा गार्डको टोलीले शरीर सर्च गर्ने क्रममा हुम्ला खार्पुनाथ गाउँपालिका २घर भई हाल देश भारत कोलकाताको स्वंव जापानिज रेष्टुरेन्टमा विगत २ वर्षदेखि वेटरको काम गर्दै आएकी २६ वर्षीया रोशनी बुढाको सुरुवालको दुईवटै गोजीमा २वटा प्लाष्टिकको पोकामा प्लाष्टिकबाहेक १४४.४०० ग्राम ब्राउनसुगर बरामद भएको थियो ।
उनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



