झापा, माघ २० । मेचीनगरको होटल मेची क्राउनमा बसेका एक ग्राहकको मृत्यु भएको छ ।

हिजो बिहान ३ बजे मेचीनगर ८ स्थित होटल मेची क्राउनमा बसेका एक भारतीय ग्राहक अस्वस्थ बनेका थिए । भारत उत्तर दिनाजपुर वेष्ट बंगाल बस्ने ५६वर्षीय माफिजुद्धिन सरकार र उनकी श्रीमती ४६ वर्षीया डिलोरा बीबी होटल मेची क्राउनमा बसेका थिए । माफिजुद्धिन सरकारको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारको लागि उनकी श्रीमतीले हिजो बिहान ११बजे शिखर अस्पताल धुलाबारीमा लिएर गएकी थिइन् । त्यहाँ उपचार हुन नसकी थप उपचारको लागि बीएण्डसी अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो ।

थप कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्