झापा, माघ २१ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आजदेखि झापासहित देशभरि सेना परिचालन हुँदैछ ।

झापामा करिव ८ सय फौज परिचालन हुने भएको हो । २१ नं बाहिनी तोपगाछी र अरिदमन गण चारआलीबाट गरी करिव ८ सय सेना खटिने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । निर्वाचन सुरक्षाका लागि झापामा झन्डै ९ हजार सुरक्षाकर्मी परिचालन गरिने उनले जानकारी दिए ।

एकीकृत सुरक्षा योजना २०८२ अनुरूप आजदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालन हुन लागेको हो । निर्वाचन आउन एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुरूप नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूपमा परिचालित हुन लागेका हुन् ।सेनाले निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्