झापा, माघ २१ । बैदेशिक रोजगार र बैंकिङ कसूरमा शिवसताक्षीबाट दुईजना पक्राउ परेका छन् ।

हिजो बिहान १० बजे वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौमा वैदेशिक रोजगार सम्बन्धी कसूरमा चालु मुद्दाका फरार प्रतिबादी शिवसताक्षी नगरपालिका वडा नं.४ बस्ने ३८ वर्षीय कमल पनेरुलाई इलाका प्रहरी कार्यालय शिबगंजको प्रहरी टोलीले पक्राउ गरेको हो । पनेरुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ लगिएको छ ।
त्यस्तै हिजो दिउँसो ४ बजे बैकिङ कसुर मुद्दामा शिवसताक्षी ३ बस्ने ६० वर्षीय रामप्रसाद चापागाईलाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड– ५ कन्काई रोडबाट जिल्ला प्रहरी कार्यालय झापाको पत्र आदेशले इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले चापागाईलाई बाटोमा हिडिरहेको अबस्थामा नियन्त्रणमा लिएको हो ।



