झापा, माघ २१ । बैतडीमा एक जना निर्वाचन प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो । निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भीरबाट लडेर आज बिहान मृत्यु भएको हो ।

यता झापामा कुकुरले टोकेर एक निर्वाचन प्रहरी घाइते भएका छन् । हिजो दिउँसो १ः३० बजे इलाका प्रहरी कार्यालय झिलझिलेमा तालिम लिइरहेका निर्वाचन प्रहरी शिवसताक्षी ९ बस्ने २५ वर्षीय आशिष थेबेलाई बसिरहेको अवस्थामा कुकुरले टोकेको हो । दायाँ हातको औलामा कुकुरले टोकेर घाइते भएका थेबेको स्थानीय लालीगुराँस मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्