झापा, माघ २१ । कन्काई नगरपालिका १ स्थित जुकेखाडी चोकमा भएको आगलागीबाट चारवटा पसल जलेर नष्ट भएको छ ।

आज दिउँसो ३.१५ बजे ग्यास सिलिन्डर लिक भएर भएको आगलागीबाट बन्दना धमला, रुपा सुब्बा , अजय राई र चन्द्रमणि खतिवडाको पसलमा क्षति पुगेको हो । आगलागीबाट तीनवटा पसल पूर्णरुपमा जलेर नष्ट भएको छ भने एउटामा आंशिक क्षति पुगेको छ ।

आगलागीबाट करिव साढे लाख बराबरको क्षति भएको जनाइएको छ । बिर्तामोड नगरपालिका , शिवसताक्षी नगरपालिकाको दमकल,प्रहरी र स्थानीयको सहयोगमा करिव ४ बजेतिर आगो नियन्त्रणमा आएको थियो ।




