झापा, माघ २१ । अवैध रुपमा गोलिया काठ चोरी गरी लैजादै गरेको अबस्थामा झापाको शिवसताक्षीमा एकजना पक्राउ परेका छन् ।

गएराति ९ः५० बजे शिवसताक्षी १० रतुवामाई बृक्षरोपण आयोजना कम्पाट नम्बर १ माईधारमा अवैध रुपमा गोलिया काठ चोरी गरी लैजादै गरेको अवस्थामा शिवसताक्षी ७ ब्याङडाँडा बस्ने ३२ वर्षीय प्रकाश योङहाङ पक्राउ परेका हुन् ।
रतुवामाई वृक्षरोपण वन आयोजनाका केर्खाका कर्मचारी र अस्थाई प्रहरी पोष्ट माईधारबाट खटिएको प्रहरी टोलीले टिक जातको गोलिया काठ ६ वटा टुना (अन्दाजी १५ क्यू.वि.) अबैध रुपमा २ वटा साइकलमा लोड गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । योङहाङलाई गोलिया काठ र २ वटा साइकलसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि रतुवामाई बृक्षरोपण आयोजना केर्खाका रेन्जर राजेन्द्र साहको जिम्मा बुझाइएको प्रहरीले जनाएको छ ।



