झापा, माघ २१ । झापाको बिर्तामोड २ चैतुवारीबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।

आज दिउँसो अन्दाजी ४;३० बजे लागूऔषध ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त टोलीले बिर्तामोड ४ बस्ने बर्ष २६ का सुशिल वि.क र बिर्तामोड ३ बस्ने बर्ष ३३ का प्रकाश वि.कलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । चेकजाँच गर्दा उनीहरुको साथबाट प्लास्टिकबाहेक ६ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

लागूऔषध , किप्याड मोवाईल २ थान, अगाडीपट्टि को २ ह ९६४४ र पछाडीपट्टि को २ ह १६४६ नम्बर लेखिएको अटोसहित उनीहरुलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्