झापा, माघ २२ । झापामा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय रहेको घरमा तोडफोड भएको छ ।

गएराति १२.१५ बजे कमल गाउँपालिका वडा नं .२ बस्ने जयकुमार अधिकारीको दुई तले पक्की घरमा तोडफोड भएको हो । माथिल्लो तलाको पूर्वतर्फ रास्वपाको सम्पर्क कार्यालय रहेको र दक्षिणतर्फ सो घरका मानिसहरु बसोबास गर्दै आएको कोठामा अपरिचित मानिसले ढुङ्गाले हानी कोठाको झ्यालको सीसा फुटाएका हुन् । ढुंगा प्रहारबाट एउटा झ्यालको सीसा फुटेको छ ।
आज बिहान ९ बजे प्रहरी चौकी तोपगाछीबाट प्रहरी सहायक निरीक्षक धनकुमार राईको कमाण्डमा टोली खटिएर थप बुझ्ने कार्य भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयभित्र कुनै पनि भौतिक क्षति नभएको जनाइएको छ ।



