बिर्तामोड, माघ २३ । जेनजी शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बिर्तामोडमा दीप प्रज्वलन गरिएको छ।

भदौ २३ र २४ गते शहादत प्राप्त गरेका शहीदहरूको संझनामा आज साँझ मुक्तिचोकमा दीप प्रज्वलन गरिएको हो।जेनजी शहीदहरुले शहादत प्राप्त गरेको आज पाँच महिना पूरा भएको छ ।
मुक्ति चोकमा साँझ ६ः३० बजेबाट सुरु भएको दीप प्रज्वलन कार्यक्रममा स्थानीय युवायुवती, सर्वसाधारण तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले हात– हातमा दीप प्रज्वलन गर्दै शहीदहरूको योगदानको स्मरण गरेका थिए।
कार्यक्रमका सहभागीहरूले राष्ट्र र लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरूको सम्मान गर्दै उनीहरूको सपना पूरा गर्न सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरे। दीपको उज्यालोले शहीदहरूको बलिदान कहिल्यै नबिर्सने सन्देश दिएको आयोजकहरूको भनाइ छ।–प्रकाशचन्द्र दाहाल



