झापा, माघ २४ । ठगी गरेको आरोपमा बिर्तामोड २ रामचोकका ४७ वर्षीय बालकृष्ण सिटौला पक्राउ परेका छन् ।

हिजो दिउँसो १ बजे उनलाई घरबाटै इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले पक्राउ गरेको हो । झापा जिल्ला अदालतको आदेश अनुसार ठगी मुद्दाका प्रतिवादी सिटौलालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।



