झापा, माघ २४ । झापाको कन्काई नगरपालिका २ स्थित ह्याप्पील्याण्ड फनपार्कमा रोलर कोस्टर (रेल गाडी) मा खेल्ने क्रममा एक बालिकासहित चारजना घाइते भएका छन् ।

आज दिउँसो २.५० बजे ह्याप्पील्याण्ड फनपार्कभित्र रोलर कोस्टर (रेल गाडी) मा खेल्ने क्रममा उक्त रोलर कोस्टरको एउटा डब्बा खुस्किएर भुइँमा झर्दा उक्त डब्बामा सवार चारजना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा बुद्धशान्ति ४ बस्ने बर्ष ४५ की पेमा शेर्पा, सोही ठाउँ बस्ने प्रज्वल शेर्पाकी छोरी बर्ष ५ की शुविस्ना शेर्पा , बर्ष ३१ की प्रियंका शेर्पा र बिर्तामोड १ बस्ने बर्ष ५६ की डम्बरीकुमारी दर्जी रहेका छन् । घाइतेहरुलाई कन्काई नगर अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

उपचारमा सोही फनपार्कका म्यानेजर लक्ष्मण सापकोटा र घाइतेका आफन्तहरु संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्