झापा, माघ २५ । झापाको अर्जुनधारा वडा न.११ स्थित बसपार्कबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

हिजो बिहान १० बजे अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी सहायक निरीक्षक राजेश पौडेलको कमाण्डको टोलीले शंकास्पद अबस्थामा हिडडुल गरिरहेका कचनकवल वडा न.६ बस्ने २५वर्षीय हेमराज बिकलाई पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक २ ग्राम ८६०मिलिग्राम ब्राउनसुगर फेला परेको छ । बिकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्