कुमरखोद,माघ २७ । सानोमाई खोलामा फलामे पुलको मर्मत कार्य स्थानीयले रोकेका छन् ।

झापा गाउँपालिकाले वडा नं २ स्थित सानोमाई खोलामा फलामे पुलको मर्मत शुरु गरेको थियो । बालुवाटार र सृजना बस्तीलाई जोड्ने उक्त पुलको स्ल्याव भत्किएपछि जोखिम बढेको भन्दै आज विहान स्थानीयले मर्मत कार्यमा अवरोध गरेका हुन् ।

स्थानीय रामदेव राजवंशीका अनुसार पुलको मर्मत गर्दा स्थानीयवासीसँग परामर्श गरिएको थिएन । झापा गाउँपालिकाले आफ्‌नै मनोमानी तरिकाले स्थानीय देवी पाथीभरा कन्स्ट्रक्सन कम्पनीलाई मर्मतको जिम्मेवारी दिएको राजवंशीको आरोप छ । पुलको इस्टीमेट नहेरेसम्म पुलको मर्मत कार्य अगाडी बढ्न नदिने उनले चेतावनी दिएका छन् ।

पुलको दुवै छेउमा पर्खाल निर्माण गर्नुपर्ने स्थानीयहरुको माग रहेको छ । मर्मत कार्यको विषयमा विवाद भएपछि गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियालाई फिल्डमा वोलाइएको थियो ।

कार्यवाहक अध्यक्ष थपलियाले पुरानो इस्टीमेट परिवर्तन गरी थप वजेटको व्यवस्था गर्ने र पुललाई दीर्घकालीन र सुरक्षित बनाउने प्रतिवद्धता जनाएपछि विवाद समाधान भएको छ । त्यसपछि पुलको मर्मत कार्य सुचारु भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्