झापा,माघ २७ । सिँढीबाट लडेर झापाको कमलमा एकजना युवकको मृत्यु भएको छ ।

आज दिउँसो ४.३० बजे कमल गाउँपालिका ७ ठुलो बाह्रघरे पशुपति टोलस्थित मामा राजकुमार ताजपुरियाको घरमा डेढ बर्षदेखि बस्दै आएका विजय राजवंशीका छोरा बर्ष २५ का युस राजवंशीको एक तले पक्की घरको सिँढीबाट लडेर मृत्यु भएको हो । घाइते राजवंशीलाई उपचारको लागि उनका मामाले निम्स अस्पताल दमकमा ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

मृतकको शव दमक अस्पतालमा राखिएको छ । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा टोली गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्