झापा, माघ २८ । काठमाडौबाट लुटपाट गरी फरार भएका दुईजना अभियुक्त बिर्तामोडमा पक्राउ परेका छन् ।

गएराति ११ बजे बिर्तामोड वडा न. १ पाथीभरा सिनेप्लाजा छेउबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको सादा पोसाकको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा इलाम सूर्योदय नगरपालिका वडा न.१४बस्ने बर्ष ३३का दिपक राई र सुर्खेत चिगर गाउँपालिका वडा न.५बस्ने ४१ वर्षीय रमेश कुडा मगर रहेका छन् । उनीहरु काठमाडौ महानगरपालिका –१४ स्थित ध्याङखेलबाट कुटपिट तथा लुटपाट गरी फरार भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्