झापा, माघ २८ । चुनावका लागि भन्दै राजनीतिक दल र उम्मेदवारहरुले व्यवसायीहरुसंग चन्दा मागेमा त्यसको बिर्तामोड उद्योग वाणिज्य संघले विरोध गर्ने भएको छ ।

कुनै पनि राजनीतिक दल र उम्मेदवारले पत्र काटेर चन्दा मागेको खण्डमा जानकारी गराउन वाणिज्य संघले व्यवसायीहरुलाई आग्रहसमेत गरेको छ । कसैले स्वेच्छाले दिन्छ भने आफूहरुले खोजी नगर्ने तर पत्र पठाएरै करकापमा चन्दा मागेमा त्यसको विरोध गरिने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए ।

उनले अहिलेसम्म व्यवसायीहरुसंग चन्दा मागेको विषयमा जानकारी नआएको बताए । ‘ चन्दाका लागि पत्र पठाएमा कुन कुन दल र उम्मेदवारले त्यसरी चन्दा मागेका छन् , हामी उनीहरुका बारेमा पत्रकार सम्मेलन नै गर्छौं ’ अध्यक्ष न्यौपानेले भने । आर्थिक मन्दीका कारण व्यापार व्यवसाय नचलेको अबस्थामा चन्दा चिठ्ठाको दुःख नदिन व्यवसायीहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्