झापा, माघ २८ । प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा झापाको बिर्तामोडमा वडा सभापतिसहित २७ जनाले निष्क्रिय बस्ने घोषणा गरेका छन् ।

पार्टीका बिर्तामोड ८ का वडा सभापति उत्तम कटुवालले निष्क्रिय बस्ने घोषणा गरेपछि क्षेत्रीय प्रतिनिधिसहित अन्य २६ जनाले पनि सामूहिक रुपमा निष्क्रिय बस्ने घोषणा गरेका हुन् । निर्वाचनका बेला पार्टी फेरबदल भइरहँदा त्यति धेरै कांग्रेस कार्यकर्ताहरुले पार्टी छोडेको घोषणा गर्नुलाई महत्वका साथ हेरिएको छ ।






