झापा, फागुन १ । झापाको बिर्तामोडमा लागूऔषधसहित चारजना पक्राउ परेका छन् ।

आज दिउँसो २;३० बजे बिर्तामोड नगरपालिका वडा नम्बर २ कछुबारी बस्ने गोबिन्द बस्नेतको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागूऔषध ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बिर्तामोड वडा न. ९ बस्ने बर्ष ४२ का तिलक बुढाथोकी , वडा न. २ कछुबारी बस्ने बर्ष ४२ का गोबिन्द वस्नेत , वडा नं ३ बस्ने बर्ष ५२ का टंक गिरी र वडा नं ४ बस्ने बर्ष २८ का उदय साह रहेका छन् ।
उनीहरुको साथबाट प्लाष्टिकसहित ११ ) ग्राम ४६० मिलिग्राम र प्लाष्टिक बाहेक ८ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर , ३ वटा स्क्रिनटच मोवाइल, नगद रु ६ हजार र २५ हजारको काटेको चेक बरामद भएको छ । लागूऔषधसहित उनीहरुलाई इप्रका बिर्तामोडमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



