झापा, फागुन २ । लागूऔषध ब्राउन सुगरसहित कन्काईका एक युवक पक्राउ परेका छन् ।

हिजो दिउँसो १२ः०५ बजे कनकाई – ८ बालुवाटारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक प्रबिण श्रेष्ठको कमाण्डमा खटिएको टोली र लागूऔषध ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी नायव निरीक्षक सोमेश लामिछानेको टोलीले बालुवाटार रिसोर्ट अगाडि घर भई बस्दै आएका बर्ष २९ का अजय राजवंशीलाई पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा कोठाबाट रातो रंगको सानो बट्टाभित्र कालो रंगको प्लाष्टिकमा लुकाई राखेको अबस्थामा प्लाष्टिकसहित ३ ग्राम १२० मिलिग्राम र प्लाष्टिकबाहेक २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



