झापा, फागुन २ । झापाको अर्जुनधारामा मोटरसाइकल चलाउँदा चलाउँदै विरामीले च्यापेपछि लडेर चालकको मृत्यु भएको छ ।

हिजो साँझ ६ः५० बजे अर्जुनधारा– ८ बौद्ध गुम्बानजिकै अर्जुनधारा–८ बस्ने ३२ वर्षीय साजन गुरुङको मोटरसाइकलबाट लडेर मृत्यु भएको हो । प्र१–०१–०१६प ८८६४ न. को मोटरसाइकल आफैले चलाएर प्रणामी मन्दिरबाट शनिश्चरेतर्फ जाँदै गर्दा स्वास्थ्यमा असहज भई रोक्ने क्रममा उनी लडेर बेहोस भएका थिए ।
उपचारको लागि शनिश्चरे अस्पताल पठाइएकोमा त्यहाँ संभव नभएपछि थप उपचार गर्न बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा चेकजाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । मृतकको लास बीएण्डसी अस्पतालमा रहेको छ । उनलाई प्रेसर सम्बन्धी समस्या रहेको बुझिएको छ ।



