झापा, फागुन २ । इलाममा दिदीबहिनीबीच कपाल लुछालुछ हुँदा एक महिलाको मृत्यु भएको छ ।

फाइल फोटो

हिजो दिउँसो २ः५५ बजे इलाम फाकफोकथुम गाउँपालिका १ ठिङगेपुर बस्ने खम्बसिंह लिम्बूकी छोरी बर्ष २९ की अन्जली लिम्बू र उनका काका सोही ठाउँ बस्ने खेमबहादुर लिम्बुकी छोरी बर्ष ३७ की पुष्पा लिम्बूबिच घरायसी विवादका कारण झगडा भएको थियो । त्यसक्रममा कपाल लुछालुछ हुँदा अन्जली लिम्बूको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मंगलबारे इलामबाट शवको कानुनी प्रकृया पुरा गरि पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाम हुँदै आज दिउँसो १२ः२५ बजे एम्बुलेन्सद्वारा वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

झगडामा संलग्न पुष्पा लिम्बूलाई नियन्त्रणमा लिई इप्रका मंगलबारेमा ल्याई राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्