झापा फागुन ४ । झापाको बिर्तामोड ७ मा लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

हिजो दिउँसो १ बजे बिर्तामोड ७ मियाँबारी बस्ने मागु मियाँको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमाण्डमा टोली खटिएको थियो ।
टोलीले खानतलासी गर्दा कोठाबाट प्लास्टिकसहित १ग्राम७८० मिलिग्राम र प्लास्टिकबाहेक ३८०मिलिग्राम ब्राउन सुगर बरामद गरी मागु मियाँका छोरा बर्ष २७ का महमद सजाकलाई पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।



