झापा, फागुन ४ । झापा ५ मा उम्मेदवार बनेका एमाले अध्यक्ष केपी ओलीलाई जिताउन चक्रे मिलन( मिलन गुरुङ) झापा आइपुगेका छन् ।


गोर्खा २ मा उम्मेदवार बनेका गुरुङ आज दिउँसो ३ः६ बजे बुद्ध एयरद्वारा चन्द्रगढी विमानस्थल अवतरण गरी दमकतर्फ जान लागेका छन् । उनलाई लिन अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन विमानस्थल गएका थिए । नगर प्रमुख गोम्देन र गुरुङ साथी भएको बताइएको छ ।

अर्जुनधारा नगरपालिकामा उम्मेदवार गुरुङलाई उपप्रमुख खड्गमाया पराजुलीलगायतका जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेका छन् । गुरुङले अर्जुनधारा नगरपालिकामा रहेको २ नं निर्वाचन क्षेत्रको निर्वाचन कार्यालय अवलोकन गरेका छन् । नगरपालिकामा खाना खाएपछि गुरुङसहितको टोली दमकतर्फ जाने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्