झापा, फागुन ५ । पूर्वपश्चिम राजमार्गको कन्काई पुलमा पराल राखेर बमको आतंक गरिएको छ ।

आज बिहान करिब ३ः४५ बजे झापा शिवसताक्षी –१० माईधारस्थित कन्काई पुलमा शंकास्पद बस्तु फेला परेको थियो । जसका कारण पूर्वपश्चिम राजमार्गमा यातायातका सवारी साधनहरु अवरुद्ध भएका थिए ।

अहिले बिहान सेनाको बम डिस्पोजल टोलीले हेर्दा सो शंकास्पद वस्तु परालको डल्लो भएको पुष्टि भएको छ । केहीबेर अगाडिबाट अवरुद्ध सवारी साधनहरु संचालनमा आएको प्रहरीले जनाएको छ ।

उक्त शंकास्पद बस्तुलाई कागजले बेरेर “नेपाल बन्द होशियार” लेखिएको थियो । नेकपा(बहुमत) ले आज नेपाल बन्दको आह्वान गरेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्