झापा, फागुन ६ । बिर्तामोडको सुधार केन्द्रमा राखिएकी एक महिलाको मृत्यु भएको छ ।

अर्जुनधारा–११ स्थित क्षितिज महिला विकास सुधार केन्द्रमा राखिएकी शिवसताक्षी –१० माईधार बस्ने बर्ष–३२ की सुष्मा लिम्बूको मृत्यु भएको हो । हिजो बिहान ९.१५ बजे अचानक पेट दुखेर उपचारको लागि बीएण्डसी अस्पतालमा ल्याई उपचार गराउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

लिम्बूलाई अल्कोहिक भइ फागुन ३ गतेदेखि त्यहाँ राखिएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ । हिजो साँझ कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्