झापा, फागुन ७ । एकाविहानै जंगली हात्तीको आक्रमणबाट बाह्रदशीमा एक महिला गंभीर घाइते भएकी छन् ।

आज बिहान ५;४५ बजे बाह्रदशी १बोक्राझारी बस्ने लखनलाल राजवंशीकी श्रीमती ५० वर्षीया लिला राजवंशीले आफ्नो बनाउँदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट एउटा जंगली हात्ती आई अचानक आक्रमण गरेको थियो ।
लिलालाई आक्रमण गरी शरीरको विभिन्न भागमा चोट पुर्याइ गम्भीर घाइते बनाएको छ । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



