झापा, फागुन ७ । झापाको कमलमा मिक्स्चर बोकेको ट्रयाक्टर पल्टिँदा १० जना घाइते भएका छन् ।

हिजो बिहान ९बजे कमल गाउँपालिका ४सरस्वती टोलस्थित भित्री सडकखण्डमा दमकबाट क्याम्पा बजारतर्फ जाँदै गरेको प्र.१–०१–००१त९६९६न.को मिक्स्चर बोकेको ट्रयाक्टर आफै अनियन्त्रित भई मिक्स्चरको भाग सडकबाट तल पल्टिएको हो । घाइते हुनेहरु यस प्रकार छन् ।
दमक अस्पताल दमकमा उपचार भइरहेका घाइतेहरु–
१.कमल गा.पा.२ बस्ने बर्ष४५का चित्रप्रसाद लिखासन दाहिने खुट्टामा चोट अवस्था मध्यम, बीएण्डसी अस्पताल बिर्तामोड रेफर भएको
२.दमक न.पा.४ बस्ने बर्ष ४२ का हरि राजवंशी कुममा चोट अवस्था मध्यम सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर ३.कमल गा.पा.५बस्ने बर्ष ३०का सन्तोष ऋषिदेव अनुहारमा सामान्य चोट

दमक अस्पताल एण्ड रिसर्च सेन्टर दमकमा उपचार भइरहेका घाइतेहरु–
१..कमल गा.पा.६बस्ने बर्ष२८का सागर ढुङ्गाना टाउकोमा सामान्य चोट
२.बारा जितपुर सिम्रोनगढ न.पा.९बस्ने बर्ष३०का जोखु पासवान दाहिने खुट्टामा सामान्य चोट
३.रौतहट चन्द्रनिगाहपुर न.पा.३बस्ने बर्ष १८का जनक साह टाउकोमा सामान्य चोट
४.बारा सिम्रोनगढ न.पा.९बस्ने बर्ष ५०का राजदेव साह बायाँ खुट्टामा सामान्य चोट
५.दमक न.पा.८बस्ने बर्ष४२ का निमा बिश्वकर्मा बायाँ हातमा सामान्य चोट
६..दमक न.पा.२बस्ने बर्ष ३४का गजेन्द्र बि.क. बायाँ हातमा सामान्य चोट
७..कमल गा.पा.५बस्ने बर्ष १८का सुमन नेपाली दाहिने हातमा सामान्य चोट

इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा टोली खटिएर ट्रयाक्टर र चालक इलाम चुलाचुली ५बस्ने बर्ष २४का भुवन बि.क.लाई नियन्त्रणमा लिएको छ ।



