झापा, फागुन ९ । झापा ५ मा उम्मेदवार बनेका अध्यक्ष केपी शर्मा ओलीको चुनाव प्रचार प्रसारमा हिडेका एमाले कार्यकर्ताहरुको घरदैलो कार्यक्रममा अवरोध भएको छ ।

हिजो दिउँसो अन्दाजी १२;३० बजे कमल गाउँपालिका ५ सिम्लेमा नेकपा एमाले वडा न.५ का वडा अध्यक्ष खगेन्द्र तिवारीको नेतृत्वमा अन्दाजी २५–३० जनाको उपस्थितिमा चुनावी प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम भइरहँदा अवरोध भएको हो । इलाम चुलाचुली गाउँपालिका ४ बस्ने ५० वर्षीय अर्जुन लावतीले मादक पदार्थ सेवन गरी दुर्व्यवहार गरेका थिए ।
इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव निरीक्षक यज्ञबहादुर श्रेष्ठको कमाण्डमा टोली खटिएर लावतीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।



