झापा, फागुन ९ । जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट भागेका एक थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक ७ बस्ने बर्ष२४का पुष्कर मगर रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट गएको टोलीले खोजतलास गर्ने क्रममा हिजो दिउँसो १ बजे मगरलाई उनकै घरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानको लागि इप्रका दमकमा ल्याइएको छ ।लागूऔषध कसुर मुद्धाका आरोपी मगर भदौ २४ गते हिरासतबाट भागेका थिए ।



