झापा, फागुन ९ । झापाको पाँचवटा मतदान केन्द्रमा निर्वाचनका लागि महिला कर्मचारी मात्रै खटिने भएका छन् ।

प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र राख्ने गरी तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताए । ‘ हामी प्रत्येक निर्वाचन क्षेत्रमा एक–एकवटा मतदान केन्द्र महिला कर्मचारी मात्रै भएको व्यवस्था गर्न लागेका छौं’उनले भने । उनका अनुसार पाँचवटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारीसम्म सबै महिला खटाइने छ ।

झापामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ हजार ३८० जना जनशक्ति परिचालन गरिने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्