झापा, फागुन ९ । झापाको बिर्तामोड ७ मा रहेको कंचन अंग्रेजी विद्यालयको खेलकुद सप्ताह समापनको अवसरमा दुईजना शिक्षकलाई सम्मान गरिएको छ ।

उत्कृष्ट कार्य गरेको भन्दै प्राइमरी तहकी नेहा राजवंशी र प्रि–प्राइमरी तहकी भद्रशिला राईलाई नगदसहित सम्मान गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्दिरा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.७ का वडाध्यक्ष अविरल कृष्ण खरेल, विद्यालयका प्रधानाध्यापक दीपक चम्लागाईं, संचालकहरु बद्री बास्कोटा ,डिल्लीराम चम्लागाईले सम्मान गरेका थिए ।

उक्त अवसरमा सम्बोधन गर्दै प्रमुख अतिथि वडाध्यक्ष खरेलले ग्रामीण क्षेत्रमा रहेर शहरका विद्यालयहरुसंग प्रतिष्पर्धा गरिरहेको कंचन अंग्रेजी विद्यालय बिर्तामोड ७ कै गहना भएको बताए । कार्यक्रममा सप्ताहव्यापी खेलकुद प्रतियोगितामा विजयी हुने ४८३ जनालाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको विद्यालयका प्रधानाध्यापक चम्लागाईंले जानकारी दिए । खेलकुद प्रतियोगिताका विजेता तथा उपविजेता विद्यार्थीहरुलाई बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल , प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
स्तरीय पढाइसंगै अतिरिक्त क्रियाकलापमा समेत अग्रस्थानमा रहेको कंचनमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । संचालक बद्री बास्कोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन अर्का संचालक डिल्लीराम चम्लागाईं र शिक्षक सागर कोइरालाले गरेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।



