झापा, फागुन ११ । दाङपछि झापामा पनि नेकपा एमालेको झण्डा जलाइएको छ ।

गएराति ११ बजेतिर झापा गाउँपालिका वडा न.६ शरणामतिस्थित बाटोमा अपरिचित व्यक्तिहरुले नेकपा एमाले पार्टीको सानो खालको झण्डा जलाएका हुन् । उनीहरुले एमालेको १३–१४वटा झण्डा जलाएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी शरणामतिमा खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव उपरीक्षक अनिल ठकुरीको कमाण्डमा ८जनाको टोली खटिएको थियो ।
त्यस्तै प्रहरी चौकी शरणामतिबाट प्रहरी सहायक निरीक्षक डिल्लीबहादुर भुजेलको कमाण्डमा टोली खटी गई थप बुझ्ने कार्य भइरहेको जनाइएको छ ।



