दमक । फागुन २१ को निर्वाचनको मुखैमा नेकपा एमालेनिकट नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटी घोषणा गरिएको छ ।

झापा ५ का उम्मेदवार पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा सो कमिटी घोषणा गरिएको हो ।सुरज साँवाको नेतृत्वमा ४१ सदस्यीय कमिटी घोषणा गरिएको जनाइएको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने दमकमा सोमवार नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभामा ओलीले आगामी चुनावपछि एमालेले नै देशलाई सम्हाल्ने दावी गरे । देशमा भएको तोडफोड, आगजनी र विध्वङ्सबाट देश र लोकतन्त्रलाई क्षति भए पनि देश सम्हाल्ने पार्टी नेकपा एमाले जनताकै विचमा रहेको बताए ।

देशमा अराजकता सिर्जना गरेर, नागरिकलाई भ्रमित पारेर र सामाजिक सहिष्णुता विथोलेर निर्वाचन जित्न नसकिने ओलीले बताए। उनले जनताका विचमा गएर काम गर्ने, देशलाई समृद्धिको युगमा प्रवेश गराउने, शिक्षा–स्वास्थ्य–रोजगारी जस्ता क्षेत्रमा नागरिकको पहुँच अभिवृद्धि गर्ने पार्टी कुन हो नेपाली जनताले चिनिसकेको दावी गरे ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेद्वार रहेका ओलीको गृहनगरबाट नै युथ भोलेन्टियर्सले प्रदेश कमिटी घोषणा गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्